Kathmandu Press

एमसीसीबारे गठबन्धनमा जुटेन सहमति, शुक्रबार पुनः बैठक बस्ने

बिहीबार साँझ बालुवाटारमा बसेको बैठक  बिना निष्कर्ष टुंगिएको हो । संसदमा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बैठक बसेको थियो ।
एमसीसीबारे गठबन्धनमा जुटेन सहमति, शुक्रबार पुनः बैठक बस्ने

काठमाडौं, फागुन ५ः एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । 

बिहीबार साँझ बालुवाटारमा बसेको बैठक  बिना निष्कर्ष टुंगिएको हो । संसदमा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बैठक बसेको थियो । बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए । 

तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए । बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने भएको छ । बैठकमा कांग्रेसका तर्फबाट  सभापति शेरबहादुर देउवा, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा र कृष्णप्रसाद सिटौला सहभागी थिए । 

त्यसैगरी, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ तथा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी थिए।  जनता समाजवादी पार्टीका बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी थिए। 

प्रकाशित मिति: २०:०५ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्