Kathmandu Press

भन्सार विन्दुमा कारोबार मुल्य कायम गर्न चेम्बरको सुझाव

काठमाडौं, फागुन ५ : नेपाल चेम्बर अफ कमर्सले भन्सारमा कारोबार मुल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकास...
भन्सार विन्दुमा कारोबार मुल्य कायम गर्न चेम्बरको सुझाव

काठमाडौं, फागुन ५ : नेपाल चेम्बर अफ कमर्सले भन्सारमा कारोबार मुल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको छ । 

राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकास पौडेलसंग बिहिबार भएको भेटवार्ताका क्रममा चेम्वरले बस्तुहरुको आयत/निर्यातमा भएको कारोबार मुल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको हो ।

भन्सारमा सन्दर्भ मुल्य कायम हुँदा मुल्य अभिवृद्धि कर भ्याटमा समस्या देखिएको भन्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सन्दर्भ  मुल्यका कारण समग्र राजश्वमा नै असर गरेको तथा हुण्डी कारोबार मौलाएको बताए । 

बिल, बिजक प्रक्रियामा पनि कठिन भएको अध्यक्ष मल्लको भनाई छ । उनले अनुगमन  प्रणालीलाई एकद्धार व्यवस्थित एवं व्यवसाय मैत्री बनाउन महानिर्देशक पौडेल समक्ष आग्रह गरे ।

भन्सार विन्दुहरुमा हुने अनियमित कारोबारलाई नियन्त्रण गर्न तथा सीमा व्यापारलाई प्रभावकारी बनाउन सुराकीलाई उचित पुरस्कार तथा गलत तथ्य दिनेलाई दण्डित हुने व्यवस्था गर्न पनि उनले आग्रह गरे । राजश्व चुहावट सम्वन्धमा थुनछेक गर्ने प्रावधानलाई वित्तिय जरिवाना गर्ने व्यवस्था गर्न समेत चेम्बरले सुझाव दिएको छ । 

बैङिकङ प्रणालीमा ७ लाख भन्दा बढीको कारोबार गर्दा सवै बिबरण पेश गर्नुपर्ने राष्ट्रवैंकको पछिल्लो निर्देशन पनि अव्यवहारिक तथा झण्झटिलो भएको अध्यक्ष मल्लले बताए ।

साना तथा खुद्रा व्यवसायीको सहजीकरणका लागि  ५० लाख रुपैँया सम्मको सिलिङलाई वृद्धि गरि २ करोड पुर्‍याउन समेत अध्यक्ष मल्लले आग्रह गरे । भेटवार्ताका क्रममा चेम्बर पदाधिकारीले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुनुपर्ने सुझाव दिएका थिए । 

सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेका भन्दै चेम्बरले भन्सार प्रशासनमा डिजीटल प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

जवाफमा महानिर्देशक  पौडेलले व्यापार सहजिकरणका लागि सरकार प्रतिवद्ध रहेको बताए । 
 

प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्