Kathmandu Press

चिनियाँ आर्थिक प्रणालीलाई ‘गैरबजारी’ भनी अमेरिकाले लगाएको आरोप आधारहीन : वाणिज्य मन्त्रालय

बेइजिङ, फागुन ५ : अमेरिकाले चीनको आर्थिक प्रणालीलाई ‘गैरबजारी’ गतिविधि भनी लगाएका आरोपमा कुनै तर्कसङ्गत आधार नभएको चीनको बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ।संयुक्त...
चिनियाँ आर्थिक प्रणालीलाई ‘गैरबजारी’ भनी अमेरिकाले लगाएको आरोप आधारहीन : वाणिज्य मन्त्रालय

बेइजिङ, फागुन ५ : अमेरिकाले चीनको आर्थिक प्रणालीलाई ‘गैरबजारी’ गतिविधि भनी लगाएका आरोपमा कुनै तर्कसङ्गत आधार नभएको चीनको वाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ।

संयुक्त राज्य अमेरिकासँग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा चीनमाथी लगाउने गरेका आरोप पूर्णतः तथ्यविपरीत भएको मन्त्रालयको दावी छ।

मन्त्रालयका प्रवक्ता गाओ फेङले संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले दावी गरेका बिषयलाई नियमित पत्रकार सम्मेलनमा खण्डन गरेका हुन।

Hardik ivf

प्रतिवेदनमा संयुक्त राज्य अमेरिकाले चीनको ‘राज्य नेतृत्व, गैर–बजार नीति र अभ्यासहरू’ समाधान गर्न नयाँ रणनीतिहरू खोज्नु र यसका घरेलु व्यापार उपकरणहरू अद्यावधिक गर्नु आवश्यक छ भन्ने दाबी गरेको थियो।

चीनले विगत ४० वर्षभन्दा बढी को आर्थिक उपलब्धिले सुधार र खुलापनको सफलताको पुष्टि गरेको गाओले बताए।

बजार र सरकारको भूमिकाको प्रभावकारी संयोजन चीनको आर्थिक विकासबाट प्राप्त अमूल्य अनुभव बन्न पुगेको उनले बताए।

संयुक्त राज्य अमेरिकाले नयाँ रणनीतिहरू खोज्ने बहानामा ‘एकपक्षीयवाद, संरक्षणवाद र दुन्र्यवहार’को अभ्यास गर्नुको सट्टा विश्व व्यापार संगठनका नियमहरू अनुरूप आफ्नो व्यापारिक गतिविधिलाई सुनिश्चित गर्नुपर्ने गाओले दावी गरे।

संयुक्त राज्य अमेरिकालाई तर्कसंगत तथा व्यावहारिक नीतिहरू अपनाउन र चीन–अमेरिका सम्बन्धलाई सुमधुर रूपमा अघि बढाउन आह्वान पनि गरे।

उनले थपे, 'पारस्परिक सम्मान, पारस्परिक लाभ र विजयी सहयोगको सिद्धान्तअन्तर्गत सम्बन्धहरू सही मार्गमा फर्कन्छन्, जुन दुई मुलुकका जनताको आधारभूत हित र अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षाअनुरूप छ।'

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्