Kathmandu Press

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यावसायिक उडानकाे तयारी

काठमाडाैं, फागुन ५ : नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठदेखि व्यावसायिक उडान सुरु गर्ने तयारी गरेको छ। आज (बिहबिार) काठमाडौंमा...
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यावसायिक उडानकाे तयारी

काठमाडाैं, फागुन ५ : नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठदेखि व्यावसायिक उडान सुरु गर्ने तयारी गरेको छ। 

आज (बिहबिार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने र त्यसपछि व्यवसायीक उडानको तयारी हुने बताए।

अन्तराष्ट्रिय व्यवसायिक उडानका लागि आवश्यक प्याकेज ल्याउने पनि उनले जानकारी दिए। अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले केही वर्षमा यात्रुको संख्या धान्न नसक्ने भएकाले यसको विकल्प भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने उनले बताए।

महानिर्देशक अधिकारीले विमानस्थल सञ्चालनसंगै काठमाडौंमा हुने डाइभर्ट उडानलाई पनि सहज हुने धारणा राखे। उनले अर्को टर्मिलन भवन निर्माणका लागि छिट्टै बोलपत्र आह्वान गरिने र आगामी असोजबाट सुरु हुने जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार नै थाइल्यान्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ। उक्त विमानस्थल सन् २०१४ मा निर्माण सुरु भएको थियो। 

प्रकाशित मिति: १८:३५ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्