Kathmandu Press

नयाँ तीनवटा थपिएपछि दलको संख्या १०६ : निर्वाचन आयोग

काठमाडाैं, फागुन  ५ निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि-२०७८ तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...
नयाँ तीनवटा थपिएपछि दलको संख्या १०६ : निर्वाचन आयोग

काठमाडाैं, फागुन ५ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि-२०७८ तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। 

आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यविधि सञ्चालन गर्न आर्थिक कार्यविधि अर्थ मन्त्रालयमा पठाएको जानकारी दिएको हो।

त्यस्तै आयोगले स्थानीय निर्वाचनका लागि जनता प्रगतिशील पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन दल दर्ता गरिएको र हालसम्म दर्ता भएका राजनीतिक दलहरुको संख्या १०६ पुगेको जनाएको छ।

निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउन आयोगले जनशक्ति व्यवस्थापन निर्देशिकालाई स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

त्यस्तै मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको लागत अनुमान स्वीकृत गरी  इबिडिङको माध्यमबाट खरिद प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रवक्ता पौडेलले निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार फागुन १५ गतेभित्र दल दर्ता गर्न सूचना जारी गरिएको बताए।

आयोगले आगामी स्थानीय तहको निर्वाचनमा अन्तराष्ट्रिय सहायताका लागि विकास साझेदार समन्वय बैठक सम्पन्न भएको र बैठकमा केही विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आयोगसँग सहकार्य गर्न तयार रहेको जानकारी गराएको जानकारी दिएको छ। 

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्