एमाले अध्यक्ष ओली र कांग्रेस नेता रिजालबीच भेटवार्ता
काठमाडौं, फागुन ५ : एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता डा. मीनेन्द्र रिजालबीच भेटवार्ता भएको छ।रिजाल आज (बिहीबार) अपराह्न ओलीलाई भेट्न उनकै निवास...
काठमाडौं, फागुन ५ : एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता डा. मीनेन्द्र रिजालबीच भेटवार्ता भएको छ।
रिजाल आज (बिहीबार) अपराह्न ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए। उनीहरूबीच एमसिसी, संसद अवरोध खुलाउनेलगायत अन्य विविध विषयमा छलफल भएको जनाइएको छ।
एमसिसी संसदमा टेबुल गर्ने विषयमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच नै असहमति कायम रहेका बेला प्रमुख विपक्षी दलका अध्यक्ष ओलीलाई सत्तारूढ दल कांग्रेसका नेता रिजालले भेट्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
आज गठबन्धनमा रहेका दलहरुको बैठक बस्नुअघि रिजालले ओलीलाई भेटेका हुन्।
यसैगरी सञ्चारमान्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीलाई टेलिफोन गरेका थिए। ओलीले पहिला गठबन्धनका दलहरुको बैठकको निर्णय कुर्ने बताएको स्रोतको भनाइ छ।
प्रकाशित मिति: १७:१८ बजे, बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











