Kathmandu Press

थप ५७० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु  

काठमाडौं, फागुन ५ : नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २८ पिसिआर परिक्षणका क्रममा ३...
थप ५७० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु  

काठमाडौं, फागुन ५ : नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ७ हजार २८ पिसिआर परिक्षणका क्रममा ३ सय ६४ जना र २ हजार ७ सय ६१ एन्टीजेन परिक्षणका क्रममा २०६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । 

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ११ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ९ सय ९३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४६ हजार ३ सय ३० जना निको भएका छन् । 

हाल नेपालमा १६ हजार ६ सय १६ सक्रिय संक्रमित आइशोलेशन र १०९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्