Kathmandu Press

गठबन्धन कसरी बचाउने भनेर प्रयास गरिरहेका छाैं : प्रचण्ड

काठमाडाैं, फागुन ५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन कसरी बचाउने भनेर आफूहरु प्रयासरत रहेको बताएका छन्।आज (बिहीबार) सिंहदरबारस्थीत माओवादी संसदीय...
गठबन्धन कसरी बचाउने भनेर प्रयास गरिरहेका छाैं : प्रचण्ड

काठमाडाैं, फागुन ५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन कसरी बचाउने भनेर आफूहरु प्रयासरत रहेको बताएका छन्।

आज (बिहीबार) सिंहदरबारस्थीत माओवादी संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भएको छलफलपछि प्रचण्डले सत्ता गठबन्धन बचाउने प्रयासका लागि छलफल भइरहेको जानकारी दिए।

उनले एमसिसीलाई कसरी निकास दिने भन्नेमा नै आफूहरूको छलफल केन्द्रित रहेको उल्लेख गरे। उनले गठबन्धनको छलफलबाटै सबै विषयको निकास आउने दाबी गरे।

बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने कुनै प्रतिक्रिया दिएनन्। जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि छलफलमा सहभागी रहेकाे बताइएकाे छ।

प्रकाशित मिति: १५:५५ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्