Kathmandu Press

अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, फागुन ५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन्।उनले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय संकट बढ्दै...
अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, फागुन ५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन्।

उनले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय संकट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गरेका छन्। उनले अफगानिस्तानमा तालिबान शासन सुरु भएपछि यहाँका नागरिक समस्यामा परेका र जसका कारण ठूलो मात्रामा मानवीय सहयताको खाँचो परेको बताएका छन्।

Hardik ivf

उनले संयुक्त राष्ट्रसंघले पनि अफगानिस्तानलाई सहयोग गरिरहेको भन्दै अरु विदेशी दाता देशहरु तथा सहयोगी निकायहरुलाई पनि सो आग्रह गरेका छन्।

महासचिव गुटर्रेसले अफगानिस्तानका लागि विशेष पहल र अभियान सञ्चालन गर्न जरुरी रहेको बताउनुभएको छ। यहाँका नागरिकको अवस्था नाजुक रहेको, खाना आधारभूत औषधि तथा अन्य अत्यावश्यकताका साधनहरुको पनि खाँचो परिरहेकाले यसका लागि सबैको सहयोग आवश्यक रहेको महासचिव गुटर्रेसको जोड छ।

अफगानिस्तानलाई खाद्यान्न, लत्ताकपडा, औषधिजस्ता विषयहरु विभिन्न देश र दाताहरुले पछिल्लो समयमा सहयोग गरिरहेका छन्। तर पनि त्यो सहयोग पर्याप्त नरहेको बताइएको छ।

प्रकाशित मिति: १५:५१ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्