Kathmandu Press

प्रचण्ड, नेपाल र जसपा नेता श्रेष्ठबीच सिंहदरबारमा छलफल

काठमाडौं, फागुन ५ : सत्तारुढ गठबन्धनमा रहेका पाँच दलमध्ये नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबाहेका अन्य तीन दलले छुट्टै छलफल गरेका छन्।सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय...
प्रचण्ड, नेपाल र जसपा नेता श्रेष्ठबीच सिंहदरबारमा छलफल

काठमाडौं, फागुन ५ : सत्तारुढ गठबन्धनमा रहेका पाँच दलमध्ये नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबाहेका अन्य तीन दलले छुट्टै छलफल गरेका छन्।

सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले छलफल गरेका हुन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच के विषयमा छलफल भएको भन्ने खुलाइएको छैन।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता टेबुल गर्ने विषयले सत्तारुढ गठबन्धन निम्तिएको मतभेदबारे छलफल भएको हुने सक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ।

बुधबार एमसिसी सम्झौता संसद बैठकमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ गठबन्धनभित्रको विवादका कारण सरकार पछि हटेको छ। शुक्रबारका लागि बोलाइएको संसदमा बैठकमा एमसिसी टेबुल हुन सक्ने सम्भावना प्रबल छ।  

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी सम्झौता संसदमा टेबल गर्नुपर्ने पक्षमा रहँदा माओवादी केन्द्र र एकीकृत समाजवादी भने यथास्थितिमा संसदमा टेबल गर्न नदिने पक्षमा छन्। सो विषयलाई लिएर जसपा भने दुर्इै कित्तामा विभाजत छ।

प्रकाशित मिति: १५:१५ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्