Kathmandu Press

बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य ब्याजदर किस्ताबन्दीमा स्मार्टफोन किन्नुस्

काठमाडौं,  असोज २ : अब कुनै पनि  बैंकको क्रेडिट कार्ड देखाएमा शून्य ब्याजदर किस्ताबन्दीमा  स्मार्टफोन  पाइने भएको छ।&nbs....

बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य ब्याजदर किस्ताबन्दीमा स्मार्टफोन किन्नुस्

काठमाडौं,  असोज २ : अब कुनै पनि  बैंकको क्रेडिट कार्ड देखाएमा शून्य ब्याजदर किस्ताबन्दीमा  स्मार्टफोन  पाइने भएको छ। 

अफरको योजना ईजी मोबाइल केयर प्रा.लि.ले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि योजना अघि सारेको हो।

न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा खरिद गर्न सकिने  कम्पनीले जनाएको छ।

‘बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य प्रतिशत ब्याज र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्,’ नामक अफर अन्तर्गत हाल ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यसको फाइदा उठाउन सक्ने कम्पनीको दाबी छ। 

यो अफर अन्तर्गत सुविधा लिनको लागि ग्राहकले  आफ्नो क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शुन्य ब्याजदरमा कुनैपनि ब्राण्डको स्मार्टफोन किन्न सकिने कम्पनीको भनाइ छ। असोज १ गतेदेखि लागू भएको यो अफर कात्तिक ३० गतेसम्म रहने छ।

कम्पनीले विशेषगरी बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई सहज र सुविधाजनक रुपमा मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने गरी यो योजना ल्याएको ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले बताए।

‘हामी १ रुपैयाँमा स्मार्टफोन र मासिक किस्ताबन्दीमा स्मार्टफोन दिने नेपालकै पहिलो र एक मात्र कम्पनी हौं, बैंकका क्रेडिट कार्ड होल्डरले सजिलोसँग  मन परेको स्मार्टफोन किन्न सक्ने सुविधा दिएका छौं,’  उनले भने। कम्पनीले नगदमा स्मार्टफोन किन्ने ग्राहकहरुका लागि पनि सुविधा र अफर दिएको छ। ग्राहकहरुले विभिन्न स्मार्टफोनहरुमा न्यूनतम ५ प्रतिशतदेखि ५० प्रतिशतको छुट पाउन सक्ने छन्।

सीमित अवधिका लागि घोषणा गरिएको यो अफर अन्तर्गत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ। 

कम्पनीबाट किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ। काठमाडौंको मुटु न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लि. मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनी हो। 
 

प्रकाशित मिति: १८:५५ बजे, बिहीबार, असोज २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्