कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १५ गतेलाई सार्यो
काठमाडौं, फागुन ५ : नेपाली कांग्रेसले फागुन १३ गते गर्ने भनेको १६ जिल्लाको अधिवेशन दुई दिन पछाडि सारेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि...
काठमाडौं, फागुन ५ : नेपाली कांग्रेसले फागुन १३ गते गर्ने भनेको १६ जिल्लाको अधिवेशन दुई दिन पछाडि सारेको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारेर फागुन १५ गते गर्ने निर्णय गरेको सचिव केशव रिजालले जानकारी दिए ।
कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ।

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











