Kathmandu Press

गिरीबन्धु टि–स्टेट तथा ओम्नी प्रकरण : ओलीसहित एमालेका चार नेताविरुद्ध अख्तियारमा उजुरी

बिहीबार मध्यान्ह अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर ओलीसहित उनी नेतृत्वको तत्कालीन मन्त्रीहरु योगेशकुमार भट्टराई र पद्मा अर्याल र  नेता इश्वर पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो। 
गिरीबन्धु टि–स्टेट तथा ओम्नी प्रकरण : ओलीसहित एमालेका चार नेताविरुद्ध अख्तियारमा उजुरी
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, फागुन ५ : नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार जना नेताविरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै उजुरी परेको छ। 

बिहीबार मध्यान्ह अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर ओलीसहित उनी नेतृत्वको तत्कालीन मन्त्रीहरु योगेशकुमार भट्टराई र पद्मा अर्याल र  नेता इश्वर पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो। 

तत्कालीन भूमी, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री  पद्मा अर्यालले केपी ओलीसँगको मिलेमतोमा झापाको गिरिबन्धु टि–स्टेटको जग्गामा भ्रष्टाचार गरेको अनेरास्ववियुको आरोप छ। ‘त्यतिबेला नै विभिन्न सञ्चारमाध्यम र वुद्धिजिवीहरुले गिरीबन्धु टि–स्टेटको जग्गामा भ्रष्टाचार भएको बताएका थिए,’ सञ्चारकर्मीसँग कुरा गर्दै अनेरास्ववियू अध्यक्ष पराजुलीले भने, ‘त्यसबारे छानविनको माग गर्दै अख्तियारमा उजुरी दिएका हौं।'

त्यस्तै तत्कालीन पर्यटनमन्त्री योगेशकुमार भट्टराईले पनि ‘भिजिट नेपाल–२०२०’ को नाममा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध पनि उजुरी दिइएको छ। मन्त्रि हुँदा विभिन्न किसिमका अनियमितता गरेको आरोप लगाउँदै अख्तियारलाई त्यसबारेमा छानविन गर्न अनेरास्ववियुले आग्रह गरेको छ। 

कोभिडविरुद्धको स्वास्थ्य सामाग्री खरिद प्रकरणमा पनि भ्रष्टाचार भएको भन्दै एमाले नेता ईश्वर पोखरेलविरुद्ध पनि उजुरी दिएको छ। तत्कालीन ओली नेतृत्वको सरकार रहँदा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को प्रमुख भएर पोखरेलले ओम्निसँगको मिलेमतोमा करोडौं भ्रष्टाचार गरेको अनेरास्ववियुले आरोप लगाएका छन्। 

ओम्निलाइ प्रयोग गरी औसत मूल्यभन्दा बढी शुल्क तिरेर स्वास्थ्य सामाग्री खरिद गरिएको र त्यसमा ईश्वर पोखरेल र ओलीले नीतिगत भ्रष्टाचार गरेको अनेरास्ववियूको आरोप छ। यसबारेमा छानविनको माग गर्दै अख्तियारमा उजुरी दिएको हो। 
 

प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्