Kathmandu Press

गठबन्धनको बैठकअघि मन्त्रिपरिषद् बैठक बस्दै 

काठमाडौं, फागुन ५ : मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ। दिउँसो २ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको बालुवाटार स्रोतले...
गठबन्धनको बैठकअघि मन्त्रिपरिषद् बैठक बस्दै 

काठमाडौं, फागुन ५ : मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ। दिउँसो २ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

आजको मन्त्रिपरिषद् बैठकमा एमसिसीबारे विशेष छलफल हुने बताइएको छ। मन्त्रिपरिषद् बैठकपछि मात्रै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच बैठक बस्ने भएको छ । 

बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। एमसिसीलाई राष्ट्रिय सहमति गरेर मात्रै अगाडि बढाउनुपर्ने प्रचण्डको धारणा छ भने कांग्रेस यथास्थितीमै पारित गर्नुपर्ने पक्षमा रहेको छ। 

एमसिसी यथास्थितीमै अगाडि बढाउन खोजिए माओवादीले सरकार छाड्ने चेतावनी दिइसकेको छ। यस्तो अवस्थामा आजको मन्त्रिपरिद् बैठकले कस्तो निर्णय गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ। 

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्