Kathmandu Press

ब्राजिलमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु

ब्युनस आयर्स, फागुन ५ : भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस सहरमा कम्तीमा ९४ जनाको मृत्यु...
ब्राजिलमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु

ब्युनस आयर्स, फागुन ५ : भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस सहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएको छ।

स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै करिब ८० जनाको ज्यान गएको जनाएको छ। विपद्का कारण ५४ घर ध्वस्त भएका छन्। 

त्यसैगरी जी-१ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने  ३५ जना अझै हराइरहेको उल्लेख गरेको छ।

ब्राजिलमा मंगलबार भारी वर्षाका कारण पहिरो र बाढी आएको छ। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्ना मन्त्रीहरूलाई पेट्रोपोलिसमा बाढीपीडितहरूलाई सहयोग गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, फागुन ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्