प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक साँझ ५ बजे बस्ने
सत्तारुढ गठबन्धन दलको बैठक बस्नुअघि प्रचण्डले प्रधानमन्त्रीसँग छुट्टै भेटवार्ता गरेका हुन्। एमसिसीका बारेमा प्रचण्ड र प्रधानमन्त्रीबीच मतभेद उत्पन्न भएपछि पटकपटक वार्ता बसी सहमति गर्ने प्रयास भएका हुन्।
काठमाडौं, फागुन ५ : प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्।
सत्तारुढ गठबन्धन दलको बैठक बस्नुअघि प्रचण्डले प्रधानमन्त्रीसँग छुट्टै भेटवार्ता गरेका हुन्। एमसिसीका बारेमा प्रचण्ड र प्रधानमन्त्रीबीच मतभेद उत्पन्न भएपछि पटकपटक वार्ता बसी सहमति गर्ने प्रयास भएका हुन्।
बालुवाटार भेटवार्तापछि गठबन्धनको शीर्ष नेताहरुको ३ बजे बस्ने भनिएको बैठक सारिएको छ । दिउँसो मन्त्रिपरिषद् बैठक भएका कारण गठबन्धनको बैठक साँझका लागि सारिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
गठबन्धनको बैठकमा एमसिसीको सम्बन्धमा सहमति खोज्ने प्रयास हुनेछ। कांग्रेस र जसपाको बाबुराम भट्टराईमात्रै एमसिसीको पक्षमा देखिएका छन् भने माओवादी केन्द्र, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि एमसिसीको विपक्षीमा देखिएको छ।
यस्तो अवस्थामा सहमति गरेर एमसिसीलाई अगाडि बढाउने विषय गठबन्धन दलका लागि चुनौतीपूर्ण देखिएको छ।