बसको ठक्करबाट बालाजुमा दुई पैदलयात्रुको मृत्यु

काठमाडौं, फागुन ५ : बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको छ। बिहीबार बिहान गंगा हल अगाडिको सडकमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा एक युवक र एक महिला रहेका छन्। प्रहरीका अनुसार मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ। महिलाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
ठक्कर दिएर बससहित फरार भएका चाललको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:५६ बजे, बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











