Kathmandu Press

सिमेन्ट उत्पादक संघको अध्यक्षमा पुनः थापा

काठमाडौं, असोज २ : सिमेन्ट उत्पादकहरुको संस्था सिमेन्ट उत्पादक संघको अध्यक्षमा पुनः ध्रुब थापा निर्विरोध चयन भएका छन्।

काठमाडौंमा भएको ....

सिमेन्ट उत्पादक संघको अध्यक्षमा पुनः थापा

काठमाडौं, असोज २ : सिमेन्ट उत्पादकहरुको संस्था सिमेन्ट उत्पादक संघको अध्यक्षमा पुनः ध्रुब थापा निर्विरोध चयन भएका छन्।

काठमाडौंमा भएको अधिवेशनले थापालाई पुनः अध्यक्षमा चयन गरेको हो।  यसअघि पनि अध्यक्ष रहेका थापालाई नयाँ कार्यकालका लागि पनि निरन्तरता दिइएको हो।

संघको उपाध्यक्षमा ताराप्रसाद पोखरेल र महासचिवमा जयन्द्र चुडाल निर्विरोध निर्वाचित भएका छन्।

 यस्तै, सदस्यहरुमा विकास दुगड, राजेन्द्र भट्टराई, राजनकुमार झा, केशवप्रसाद उप्रेती र सुरेन्द्र गोयल निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, असोज २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्