Kathmandu Press

नागरिक लगानी कोषले ल्यायो ‘नागरिक बचत वृद्धि’ योजना 

काठमाडौं, असोज २ : नागरिक लागानी कोषले संविधान दिवस २०७६ को अवसरमा नयाँ योजना ‘नागरिक बचत वृद्धि’ कार्यक्रम सार्वजनिक गरेको छ। <....

नागरिक लगानी कोषले ल्यायो ‘नागरिक बचत वृद्धि’ योजना 

काठमाडौं, असोज २ : नागरिक लागानी कोषले संविधान दिवस २०७६ को अवसरमा नयाँ योजना ‘नागरिक बचत वृद्धि’ कार्यक्रम सार्वजनिक गरेको छ। 

नागरिक बचत वृद्धि कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आय आर्जन गर्ने आमनागरिकलाई समेट्ने छ। गैरआवासीय तथा विदेशमा कार्यरत नेपालीहरु, सार्वजनिक प्रतिष्ठानका कर्मचारी तथा स्वरोजगारमा रहेका सर्वसाधारणलाई पनि समेट्नेछ।

यो योजना न्यूनतम मासिक ५ सयदेखि क्षमताअनुसार अधिकतम रकम जम्मा गर्न सकिने प्रावधान राखिएको छ। यो कार्यक्रममा सहभागीहरुले एकमुष्ट वा अनुकुलता अनुसार पटक–पटक गरेर बचत गर्न सक्ने व्यवस्था गरिएको छ।

योजनामा सहभागी हुँदा दुई वर्षसम्म नियमित बचत गरेपछि बचतकर्तालाई बचत रकमको ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउन सकिनेछ  भने दुई वर्षसम्म बचत गर्ने बचतकर्तालाई धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा जस्ता कोषले प्रवाह गर्ने कर्जा सुविधा उपलब्ध गराइएको छ।

यसका अतिरिक्त योजनामा सहभागीहरुलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बीमा, औषधिउपचार बीमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्चजस्ता सामाजिक सुरक्षाका सुविधा समावेश गरिएको छ।
 

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, असोज २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्