Kathmandu Press

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु
Hardik ivf

रुकुम(पूर्व), फागुन ४ : जिल्लाको रानीकोटमा ट्र्याक्टरको ठक्करबाट सिस्ने गाउँपालिका–५ सिलामा एक जनाको मृत्यु भएको छ। रा१त १५६६ नम्बरको ट्र्याक्टरको ठक्करबाट ४५ वर्षका प्रेम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए।

प्रहरीका अनुसार रानीकोटमा गिट्टी लोड गरेर रुकुमकोटतर्फ आउँदै गरेको सो ट्र्याक्टर अनियन्त्रित भइ पल्टिँदा परियार किचिएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल ल्याएपछि मृत घोषणा गरिएको थियो। परियार रानीकोटमै गिट्टी कुट्ने काम गर्दै आएका थिए। सोही ट्र्याक्टरको ठक्करबाट परियारकी श्रमती ४३ वर्षीया सीता घाइते भएको प्रहरी निरीक्षक बानियाँले बताए। चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:५९ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्