बाघले मार्यो चितवनमा दुई गैँडा
चितवन, फागुन ४ : चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन्। एउटा माउ र बच्चा गैँडा बाघको...चितवन, फागुन ४ : चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन्। एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेका हुन्। बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको उनले बताए माउलाई भालेले आक्रमण गरेको हुनसक्ने आचार्यको भनाइ छ। ती गैँडाका खाग र खुर सुरक्षित रहेका छन्।
चालु आर्थिक वर्षमा २७ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरीशिकारीको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक र मानवीय त्रुटिका कारणले मरेका हुन्।
प्रकाशित मिति: २०:५२ बजे, बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१