बेलायती कूटनीतिज्ञ रिचर्ड मोरिसले आत्महत्या गरेको निष्कर्ष
लण्डन, फागुन ४ : ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक जना कूटनीतिज्ञले ‘गम्भीर तनाव’ का कारण आत्महत्या गरेको अदालती न्यायिक...
लण्डन, फागुन ४ : ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक जना कूटनीतिज्ञले ‘गम्भीर तनाव’ का कारण आत्महत्या गरेको अदालती न्यायिक अनुसन्धानले देखाएको छ।
रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसीअरस्थित आफ्नै घरनजिकै अगस्ट २०२० मा फेला परेको थियो।
मोरिस, ५२, उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिएका थिए।
उनले दैनिक लामो समयसम्म काम गर्नुपरेको, यूकेले कोरोनाभाइरसको महामारीको शक्तिशाली पहिलो लहरको सामना गरिरहँदा उनले मन्त्रीहरूलाई दिने बिफ्रिङ्गको समन्वय गर्नु परिरहेको उक्त सुनुवाइलाई जानकारी गराइएको थिए।
मङ्गलवार उक्त सुनुवाइको अध्यक्षता गरिरहेका कोरोनरले मोरिसले यूकेको विदेश मन्त्रालयमा काम गर्दा तनाव बेहोरेपछि भविष्यका चिन्ताका माझ आफ्नो ज्यान आफैँ लिएको ठहर गरेका बीबीसीले जनाएको छ।
वरिष्ठ कोरोनर क्रिश्टोफर विल्किन्सनले भने, 'रिचर्ड मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आफ्नो ज्यान आफैँ लिए।'
'रिचर्डले वृहत् कार्यदल र एफसीडीओले एकदमै द्रुत रफ्तारमा फैलिरहेको महामारीको अप्ठेरो परिस्थितिमा काम गरिरहेको म बुझ्न सक्छु।'
उनका सहकर्मीहरूले उनी साँच्चै नै मानिसहरूमा रुचि राख्ने र भाषाको अवरोध हुँदासमेत उनमा दया र करुणा प्रस्ट झल्कने गरेको बताएका छन्।












