स्थानीय तह निर्वाचन रोक्न माग भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौं, फागुन ४ : स्थानीय तह निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।सर्वोच्च...
काठमाडौं, फागुन ४ : स्थानीय तह निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो । गत माघ २६ गते महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले दायर गरेको रिट सर्वोच्च अदालतका रजिस्टारले दर्ता गर्न अस्वीकार गरेका थिए ।
त्यसविरुद्ध उनले अर्को निवेदन दिएकामा आज सुनुवाइ भइ प्रक्रिया पुगेको भए दर्ता गर्न आदेश भएको हो । स्थानीय तहको निर्वाचन वैशाखमा एकै चरणमा गर्न नमिल्ने जिकीर गरिएको रिट दर्ता गर्न सर्वोच्च अदाललते आदेश दिएको छ। साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित मेयर हुन्।
उनले आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यसअगावै हुने निर्वाचन असंवैधानिक हुने जिकीर गरेका छन्। यो आदेशसँगै निर्वाचन विवाद अब औपचारिक रुपमा सर्वोच्च प्रवेश भएको छ।











