Kathmandu Press

नयाँ शैक्षिक सत्र जेठ १ बाट सुरू हुने

काठमाडाैं, फागुन ४ : सरकारले आगामी नयाँ शैक्षिक सत्रको पठन–पाठन जेठ १ गतेबाट सुरू गर्ने निर्णय गरेको छ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र...
नयाँ शैक्षिक सत्र जेठ १ बाट सुरू हुने

काठमाडाैं, फागुन ४ : सरकारले आगामी नयाँ शैक्षिक सत्रको पठन–पाठन जेठ १ गतेबाट सुरू गर्ने निर्णय गरेको छ।  

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले चैत मसान्तसम्म विद्यार्थीहरूको पठन-पाठनलाई निरन्तरता दिर्इ वैशाखमा परीक्षा तथा भर्ना गर्ने र जेठ १ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने निर्णय गरेको हो।

वैशाखमा स्थानीय तहको चुनाव भएका कारण उक्त समयमा विद्यार्थीहरूको पठन–पाठन प्रभावित हुने भएकाले जेठदेखि सुरू गर्ने निर्णय भएकाे मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए।

एसईईलगायत विद्यालय तहका सबै परीक्षा वैशाखमा मात्र गर्न पाइने निर्णय भएकाे छ।

प्रकाशित मिति: १८:५५ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्