फागुन १६ मा बागमती प्रदेशसभा बैठक
काठमाडौं, फागुन ४ : बागमती प्रदेशसभाको बैठक आगामी फागुन १६ गते बस्ने भएको छ।बुधबार सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रदेशसभाको फागुन...
काठमाडौं, फागुन ४ : बागमती प्रदेशसभाको बैठक आगामी फागुन १६ गते बस्ने भएको छ।
बुधबार सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रदेशसभाको फागुन १६ गते बैठक राख्ने विषयमा सहमति भएको हो।
प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको हो।
प्रदेशसभाको बैठक पुस ८ गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बस्न सकेको छैन।
प्रकाशित मिति: १८:४६ बजे, बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












