Kathmandu Press

एमालेका संघीय सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी

अदालतले पक्राउ पुर्जी जारी गरेपछि बाँकी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 
एमालेका संघीय सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी

काठमाडौं, फागुन ४ : नेकपा एमालेका संघीय सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

उनीमाथि जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। ४० वर्षीया महिलाले होटलमा लगेर सांसद बानियाँले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। 

अदालतले पक्राउ पुर्जी जारी गरेपछि बाँकी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

पक्राउ पुर्जी जारी भएको बारे आरोपितलाई जानकारी दिने र बाँकी प्रकृया पूरा गरी पक्राउ गरिने उनले बताए। 

प्रकाशित मिति: १७:४० बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्