Kathmandu Press

काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १६२, ललतिपुरमा २५ र भक्तपुरमा १२...
काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १६२, ललतिपुरमा २५ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर भने कुल ६२९ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा कुल ७ हजार १५१ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ३ हजार ६५२, ललितपुरमा २ हजार ४९४ र भक्तपुरमा १ हजार ५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आइतबार देशभर २२ हजार ५८४ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्