Kathmandu Press

थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि, १६ सय डिस्चार्ज 

काठमाडौं, फागुन ४ : देशभर पछिल्लो चौबिस घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएकाा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७५६ नमूनाको परीक्षण...
थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि, १६ सय डिस्चार्ज 

काठमाडौं, फागुन ४ : देशभर पछिल्लो चौबिस घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएकाा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७५६ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ७८२ नमूनाको पीसीआर परीक्षण गर्दा ५४८ र २ हजार ९७४ नमूनाको एन्टीजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा १ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। 

योसंगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ७४ हजार ४९३ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ३८ हजार ४४ पुगेको छ। त्यस्तै निको हुनेको संख्या ९ लाख ४४ हजार ३३७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ। 

मन्त्रालयका अनुसार बुधबार देशभर १८ हजार २५१ सक्रिय संक्रमित रहेका छन्। तीमध्य १७ हजार ५८० जना होम आइसोलेसनमा रहेका छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन्। 

संस्थागत आइसोलेसनमा रहेकामध्य १५६ जना आइसीयू र २६ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै ११२ जना क्वारेन्टिनमा छन्। 

मन्त्रालयका अनुसार आज देशभर २ लाख १४ हजार १०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

प्रकाशित मिति: १६:३८ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्