Kathmandu Press

युक्रेनका विषयमा कूटनीतिक समाधान खोजेको अमेरिकाको भनाइ

वासिङ्टन, फागुन ४ : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गर्नुभएको छ।उनले अझै पनि रुसले युक्रेनमा...
युक्रेनका विषयमा कूटनीतिक समाधान खोजेको अमेरिकाको भनाइ

वासिङ्टन, फागुन ४ : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गर्नुभएको छ।

उनले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको बताए। उनले भनेका छन् कि हमलाको सम्भावना अझै उच्च रहेको छ र यदि त्यसो भएमा रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनु पर्ने हुन सक्छ।

Hardik ivf

मंगलबार टेलिभिजनमा प्रसारित सम्बोधनमा उहाँले यदि रुसले युक्रेनमा हमला गर्यो र त्यस्तो मानवीय क्षतिको अवस्था आयो भने त्यसका लागि जवाफ दिन अमेरिका तयार रहेको चेतावनी पनि दिएका थिए।

राष्ट्रपति बाइडेनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको जानकारी दिएका छन्। तर उता रुसले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ।

्तरर पनि त्यसमा सत्यता नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाई छ। बाइडेनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको पनि सो सम्बोधनमा बताए।

राष्ट्रपति बाइडेनले आफ्ना सत्रु रुसी नागरिक नभएको स्पष्ट गर्दै तर हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेको धारणा राखे।

प्रकाशित मिति: १६:२० बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्