Kathmandu Press

एमसिसीविरुद्ध प्रदर्शन गर्ने १३५ जना पक्राउ, १२ सुरक्षाकर्मी घाइते  

माइतीघरमा बिहान प्रदर्शन गर्ने ५३ जना र दिउँसो नयाँ बानेश्वरबाट ८२ जना पक्राउ परेका हुन् । बानेश्वरबाट १० जना महिला र ८२ जना पुरुष पक्राउ परेका हुन्। 
एमसिसीविरुद्ध प्रदर्शन गर्ने १३५ जना पक्राउ, १२ सुरक्षाकर्मी घाइते  
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, फागुन ४ : एमसिसीको विरोधमा प्रदर्शन गर्ने १३५ जना पक्राउ परेका छन्। 

बुधबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजी गर्दै पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि प्रहरीले विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुलाई पक्राउ गरेको हो। 

महानगरीय प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरका अनुसार बिहानदेखि प्रदर्शनमा उत्रिएका १३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

उनका अनुसार माइतीघरमा बिहान प्रदर्शन गर्ने ५३ जना र दिउँसो नयाँ बानेश्वरबाट ८२ जना पक्राउ परेका हुन् । बानेश्वरबाट १० जना महिला र ८२ जना पुरुष पक्राउ परेका हुन्। 

प्रदर्शनकारीसँगको झडपमा १२ जना सुरक्षाकर्मी सामान्य घाइते भएको एसपी राठौरले जानकारी दिएका छन् । त्यस्तै आन्दोलनमा सहभागि नभएका एक व्यक्ति पनि घाइते भएका छन् । उनलाई वीर अस्पतालमा उपचारका लागि राखिएको एसपी राठौरले बताए।

No description available.

एमसिसीविरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित पुलिस क्लव र महानगरीय प्रहरी वृत्त बानेश्वर लगायत विभिन्न प्रहरी कार्यालयमा राखिएको एसपी राठौरले बताए। 

प्रकाशित मिति: १६:११ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्