Kathmandu Press

एमसिसीकाे पक्षमा मोटरसाइकल र्‍याली

काठमाडाैं, फागुन ४ : अमेरिकी सहायता परियोजना (एमसिसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज (बुधबार)  प्रदर्शन...
एमसिसीकाे पक्षमा मोटरसाइकल र्‍याली

काठमाडाैं, फागुन ४ : अमेरिकी सहायता परियोजना (एमसिसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज (बुधबार)  प्रदर्शन गरिएको छ। 

स्वतन्त्र नागरिक समाजको आयोजनामा आज अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍यालीले माइतीघरमण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो।

र्‍यालीले एमसिसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्‍यालीका सहभागीले ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए। 

सरकारले आज संसद्मा एमसिसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज राजधानीको यातायात सेवा केही प्रभावित भएको छ।

प्रकाशित मिति: १६:१० बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्