Kathmandu Press

नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं, फागुन ४ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्।   ...
नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं, फागुन ४ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त  भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। 
    
राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले सपथ लिएका हुन् । त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेका थिए। 

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्