Kathmandu Press

दलहरुबीच सहमति नभएसम्म संसदमा एमसिसी टेबुल गर्नहुँदैन : खनाल

काठमाडौं, फागुन ४ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबीच सहमति नभएसम्म संसदमा एमसिसी सम्झौता टेबुल गर्न नहुने बताएका छन्।आज (बुधबार) को...
दलहरुबीच सहमति नभएसम्म संसदमा एमसिसी टेबुल गर्नहुँदैन : खनाल

काठमाडौं, फागुन ४ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबीच सहमति नभएसम्म संसदमा एमसिसी सम्झौता टेबुल गर्न नहुने बताएका छन्।

आज (बुधबार) को प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले एमसिसी सम्झौता जबर्जस्ती संसदमा टेबुल गर्नुको सट्टा दलहरुबीच सहमति जुटाउनुपर्नेमा जोड दिए।

कतिपय विषय सहमति वर्षौंवर्ष पनि लाग्न सक्ने स्पष्ट पार्दै उनले भने, ‘कतिपय विषय परिमार्जित हुन्छन्, परिष्कृत हुन्छ, बदलिन्छ अनि मात्रै सहमति हुन्छ।’

उनले एमसिसी सम्झौतामा राष्ट्रिय हितविपरीत रहेको भन्दै संशोधनको आवश्यकता औंल्याए। साझा सहमति नभएसम्म संसदबाट एमसिसी अनुमोदन हुन नसक्ने उनको भनाइ थियो

सत्तारुढ गठबन्धनमै रहेर सरकारले संसदमा पेस गर्न लागेको प्रस्तावको विरोध गर्न हुँदैन भन्ने कुरा सही नभएको तर्क पनि उनले गरे।

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्