Kathmandu Press

म्यानमारमा प्राविधिक असफलताले विमान दुर्घटनाग्रस्त

याङ्गुन, फागुन ४ : म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट 'प्राविधिक विफलता'पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक...
म्यानमारमा प्राविधिक असफलताले विमान दुर्घटनाग्रस्त

याङ्गुन, फागुन ४ : म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट 'प्राविधिक विफलता'पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक विज्ञप्तिमार्फत जनाएको छ।

मन्डालयनजिकैको टाडा–यू एयर फोर्स बेसबाट उडान गरिरहेको जेटले आज बिहान १०ः४३ बजेसम्पर्क विच्छेद गरेपछि सागिङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ। पाइलटको खोजी र उद्धारकार्य भइरहेको जनाइएको छ।

जारी विज्ञप्तिका अनुसार पाइलटले गैर-लडाइँ प्रशिक्षण मिसन उडान गरिरहेको थियो। गत जुनमा, एक धार्मिक कार्यक्रममा एक वरिष्ठ भिक्षु र धेरै दाताहरूलाई लिएर म्यानमारको सैन्य विमान देशको मध्य क्षेत्रमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो।

सन् २०१७ मा एक सैन्य विमान अण्डमान सागरमा भएको दुर्घटना देशको इतिहासमा सबैभन्दा घातक उड्डयन दुर्घटनाहरू मध्ये एक रहेको थियो।

यस विमानमा रहेका सबै १२२ व्यक्तिको मृत्यु भएको थियो । यस दुर्घटनाको कारण अधिकारीहरूले खराब मौसमलाई दिएका थिए।

प्रकाशित मिति: १४:२७ बजे, बुधबार, फागुन ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्