बिहीबार ३ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्ने
काठमाडौं, फागुन ४ : सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच भोलि छलफल हुने भएको छ। नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच...
काठमाडौं, फागुन ४ : सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच भोलि छलफल हुने भएको छ।
नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार बिहान भएको छलफलपछि शीर्ष नेताहरुको बैठक बोलाउने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।
सरकारले एमसिसी संसदमा टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेपछि प्रचण्ड बुधबार बिहान बालुवाटार पुगेका थिए। उनले एमसिसीलाई राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। सोको लागि शीर्ष नेताहरुको बैठक बोलाउने र छलफल गर्ने प्रस्ताव राखेका थिए।
प्रचण्डले राखेको प्रस्तावमा प्रधानमन्त्र िसहमत भएपछि आजको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबुल भएन। एमाले अवरोध कायम रहेको र एमसिसीमा चौतर्फी आलोचना भइरहेका कारण संसोधन नगरी अगाडि बढाउन नहुने माओवादी केन्द्रको संसदीय दलको बेठकले बुधबार नै निष्कर्श निकालेको थियो।
एमसिसीका बारेमा गठबन्धनका दलहरुबीच भोलि दिउँसो तीन बजै छलफल गर्ने सहमति भएको मल्लले जानकारी दिए ।











