Kathmandu Press

एमालेलाई प्रतिनिधि सभा बैठकमा अवरोध नगर्न सभामुखको विशेष अनुरोध 

काठमाडौं, फागुन ४ : सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरुलाई बैठकमा अवरोध नगर्न विशेष अनुरोध गरेका छन्। प्रतिनिधि सभा सुरु भएलगत्तै एमालेका सांसदहरुले वेल घेरेर सभामुखविरुद्ध...
एमालेलाई प्रतिनिधि सभा बैठकमा अवरोध नगर्न सभामुखको विशेष अनुरोध 

काठमाडौं, फागुन ४ : सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरुलाई बैठकमा अवरोध नगर्न विशेष अनुरोध गरेका छन्। 

प्रतिनिधि सभा सुरु भएलगत्तै एमालेका सांसदहरुले वेल घेरेर सभामुखविरुद्ध नाराबाजी गरेपछि सभामुलखले त्यस्तो अनुरोध गरेका हुन्। उनले राज्यसञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयकहरु सभामा विचाराधिन रहेको र त्यसले नीति निर्माण प्रकृया प्रभावित भएको बताउँदै अवरोध नगर्न एमाले सांसदहरुलाई अनुरोध गरेका हुन्। 

उनले प्रतिनिधि सभामा लामो समयदेखि अवरोध रहेका कारण नागरिक समाज, वुद्धिजिवी, आमसञ्चार र नागरिकहरुले प्रश्न उठाएको भन्दै एमालेलाई अवरोध नगर्न आग्रह गरेका हुन्। 

उनको आग्रहलाई बेवास्ता गर्दै  एमालेका सांसदहरुले भने नाराबाजीलाई जारी राखेका छन्। नाराबाजी जारी रहेपछि उनले कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई थारु आयोगको प्रतिवेदन प्रस्तुत गर्ने अनुमति दिएका थिए। प्रतिवेदन प्रस्तुत गरिसकेपछि पुनः सांसदहरुलाई अवरोध नगर्न पटकपटक आग्रह गरेपनि नाराबाजी नरोकिएपछि सभामुखले शोक प्रस्ताव राखेका थिए। 

शोकप्रस्ताव पछि प्रतिनिधि सभाको बैठक फागुन ६ गते (शुक्रबार) बस्नेगरी स्थगित गरेका छन्। 

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्