Kathmandu Press

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेको अवरोध

एमाले सांसदहरूले केही समययता प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध सिर्जना गर्दै आएका छन्। एमालेले भदौ २३ देखि संसद बैठकमा अवरोध गर्न सुरु  गरेको हो।
प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेको अवरोध

काठमाडौं, फागुन ४ : प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। 

आज (बुधबार) को प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गर्दै बैठक अवरुद्ध पारेका हुन्। 

एमाले सांसदहरूले केही समययता प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध सिर्जना गर्दै आएका छन्। एमालेले भदौ २३ देखि संसद बैठकमा अवरोध गर्न सुरु  गरेको हो। 

एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माणमा सभामुख अग्नि सापकोटाले भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ।

पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको छ।

प्रकाशित मिति: १३:२७ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्