Kathmandu Press

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं, फागुन ४ : प्रतिनिधि सभाको बैठक सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरू गरेका हुन्।संसद सचिवालयले आज बस्ने प्रतिनिधि सभा बैठकका...
प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं, फागुन ४ : प्रतिनिधि सभाको बैठक सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरू गरेका हुन्।

संसद सचिवालयले आज बस्ने प्रतिनिधि सभा बैठकका लागि कार्यसूची सार्वजनिक गरिसकेको छ। उक्त सूचनामा आजको प्रतिनिधि सभा बैठकका लागि शोक प्रस्ताव प्रस्तुत गर्नुका साथै थारू आयोगको  तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको उल्लेख छ। सरकारले एमसिसी टेबुल गर्ने तयारी गरे पनि त्यसलाई आजको कार्यसूचीमा राखिएको छैन।

कांग्रेस सभापितसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज संसदमा एमसिसी पेस नगर्ने सहमति भएको थियो।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अग्नि सापकोटाले दलहरुबीच सहमति नजुटेको भन्दै एमसिसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन्।

प्रकाशित मिति: १३:२४ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्