आजको प्रतिनिधिसभा बैठककाे कार्यसूचीमा एमसीसी नराखिने
काठमाडौं, फागुन ४ : आज (बुधबार) को संसद बैठकको कार्यसूचीमा एमसीसी नराखिने भएको छ।सभामुख अग्नि सापकोटाले निर्णय दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई...
काठमाडौं, फागुन ४ : आज (बुधबार) को प्रतिनिधिसभा बैठकको कार्यसूचीमा एमसीसी नराखिने भएको छ।
सभामुख अग्नि सापकोटाले दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसिसीलाई कार्यसूचीमा नराख्ने सुनाएका हुन्।
प्रतिनिधिसभा बैठक बस्नुअघि संसद बैठकका कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। बैठकमा एमसिसी टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेकाे हाे।
कार्यव्यवस्थाको बैठकमा एमाले र जसपा सहभागी भएनन्।
संसद बैठकअघि कांग्रेस सभापितसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज संसदमा एमसिसी पेस नगर्ने सहमति भएको थियो।
सरकारले आज प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबुल तयारी गरेको थियो। संसद सचिवालयका अनुसार एमसिसी टेबुल नगरिए पनि प्रतिनिधिसभाको बैठक भने बस्नेछ।
प्रकाशित मिति: १३:१३ बजे, बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











