संसदमा आज एमसिसी टेबुल नहुने, छलफलपछि मात्रै अगाडि बढाउन देउवा र प्रचण्ड सहमत
एमसिसीका विषयमा शीर्ष तहका शीर्ष नेताहरुबीच छलफल गरेर केही दिनपछि संसदमा टेबुल गर्ने सहमति भएको हो। सरकारले एमसिसी टेबुल गर्ने तयारी गरेपछि बुधबार प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए।
काठमाडौं, फागुन ४ : आज बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) टेबुल नहुने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा एमसिसी सम्झौता टेबुल नगर्न प्रधानमन्त्री देउवा सहमत भएका हुन्।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका प्रचण्डबीच भएको वार्तामा एमसिसीलाई आजको प्रतिनिधि सभा बैठकमा टेबुल नगर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्।
एमसिसीका विषयमा शीर्ष तहका शीर्ष नेताहरुबीच छलफल गरेर केही दिनपछि संसदमा टेबुल गर्ने सहमति भएको हो। सरकारले एमसिसी टेबुल गर्ने तयारी गरेपछि प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बुधबार बालुवाटार पुगेका थिए।
भेटवार्तापछि एमसिसीबारे छलफल गर्नका लागि बिहीबार सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बोलाउने सहमति भएको छ।
त्यसअघि माओवादी केन्द्रको संसदीय दलको बैठकले बलमिच्याईँ गरेर एमसिसी अगाडि बढाउन खोजिएर सरकारबाट बाहिरिने चेतावनी दिएको थियो।
अब एमसिसीको विषयमा शीर्ष नेताहरुबीच छलफल भएपछि मात्रै संसदमा टेबुल गरिने सहमति भएको छ।











