‘एमालेका अधिकांश सांसद एमसिसीकाे विपक्षमा’
काठमाडौं, फागुन ४ : एमालेका अधिकांश सांसदले आफूहरु एमसिसी पास नगर्ने पक्षमा रहेको स्पष्ट पारेका छन्। एमाले प्रमुख सचेतक विशाल भट्टराईसहित सांसदरूले आज (बुधबार)...
काठमाडौं, फागुन ४ : एमालेका अधिकांश सांसदले आफूहरु एमसिसी पास नगर्ने पक्षमा रहेको स्पष्ट पारेका छन्।
एमाले प्रमुख सचेतक विशाल भट्टराईसहित सांसदरूले आज (बुधबार) अध्यक्ष केपी ओलीलाई भेटेर अधिकांश सांसद एमसिसीकाे विपक्षमा रहेको बताएका हुन्।
सांसदहरूले एमसिसीको विपक्षमा उभिनुपर्ने आवाज चर्को रुपमा उठाए पनि ओलीले भने केही जवाफ नदिएको एक सांसदले बताए।
यसअघि एमसिसीको पक्षमा उभिँदै आएको एमालेलाई त्यो विषय संसदमा टेबुल हुनेबित्तिकै नैतिक संकट पर्ने देखिन्छ। सरकारले आज संसदमा एमसिसी टेबुल गर्ने तयारी गरेको छ।
एमालेले भने कार्यव्यवस्था समितिको बैठकमा नजाने र संसद अवरोधलाई निरन्तरता दिने निर्णय गरेकाे छ।
प्रकाशित मिति: १२:०५ बजे, बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











