Kathmandu Press

बलमिच्याइँ गरेर एमसिसी अगाडि बढाइए सरकार छाड्ने माओवादी केन्द्रको चेतावनी

आजको बैठकले एमसिसी संसोधनविना संसदमा टेबुल गर्न नहुने, एमाले अवरोधकाबीच एमसिसी संसदमा टेबुल गर्न नहुने र एमसिसीका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको निर्णय गरेको छ,’ गजुरेलले काठमाडौं प्रेससँग भने। 
बलमिच्याइँ गरेर एमसिसी अगाडि बढाइए सरकार छाड्ने माओवादी केन्द्रको चेतावनी

काठमाडौं, फागुन ४ : नेकपा माओवादी केन्द्रले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को विपक्षमा उभिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले एमसीसीको विषयमा राष्ट्रिय सहमति नजुटिकन अघि बढाउन नहुने निष्कर्ष निकालेको हो।

‘बैठकले एमसिसीका बारेमा तीन निर्णय गरेको माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

आजको बैठकले एमसिसी संसोधनविना संसदमा टेबुल गर्न नहुने, एमाले अवरोधकाबीच एमसिसी संसदमा टेबुल गर्न नहुने र एमसिसीका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको निर्णय गरेको छ,’ गजुरेलले काठमाडौं प्रेससँग भने। 

उनले बलमिच्याईँ गरेर एमसिसी अगाडि बढाउन खोजिए सरकारमा बस्नुको औचित्य नरहने पनि बताएका छन् । संसदीय दलको बैठकले पनि पार्टी एमसिसीको विपक्षमा रहेका कारण जबरजस्ती अगाडि बढाउन खोजिए सरकारबाट बाहिरने विषयमा छलफल भएको उनले बताए। ‘तर अहिल्यै त्यसबारेमा निर्णय भने भएको छैन, बलमिच्याई गरेको अवस्थामा निर्णय हुनसक्छ,’ गजुरेलले भने।

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्