Kathmandu Press

प्रतिनिधि सभा बैठकका लागि तीन कार्यसूची, एमसिसी परेन 

काठमाडौं, फागुन ४ : मंगलबार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबुल हुने बताइएको थियो। बैठकबाटै प्रधानमन्त्री...
प्रतिनिधि सभा बैठकका लागि तीन कार्यसूची, एमसिसी परेन 

काठमाडौं, फागुन ४ : मंगलबार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबुल हुने बताइएको थियो। 

बैठकबाटै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई फोन गरि एमसिसीलाई कार्यसूचीमा राख्न र दलहरुबीच परामर्श गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका थिए। 

प्रधानमन्त्रीले आग्रह गरेपछि साँझ सभामुख सापकोटाले बुधबार बिहान साढे ११ बजे बस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए। संसदमा जारी एमाले अवरोध रोक्न र कार्यसूचीउपर छलफल गर्नका लागि बैठक बोलाइए पनि एमाले भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित हुने बताइसकेको छ। 

संसद सचिवालयले आज बस्ने प्रतिनिधि सभा बैठकका लागि कार्यसूची सार्वजनिक गरिसकेको छ। उक्त सूचनामा आजको प्रतिनिधि सभा बैठकका लागि दुईवटा विषय समावेश गरिएको छ । तर, कांग्रेसले भनेअनुसार एमसिसीलाई भने कार्यसूचीमा राखिएको छैन।

सूचनाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/०७८’ पेस गर्ने कार्यसूची छ। दोस्रोमा शोक प्रस्ताव रहेको छ। 

आजको प्रतिनिधि सभामा एमसिसी टेबुल हुने÷नहुने भन्नेबारे सार्वजनिक भइसकेको छैन ।एमालेले सदन अवरोध जारी राख्ने र माओवादी केन्द्र र एकिकृत समाजवादीले पनि सडक आन्दोलन गर्ने भएपछि प्रतिनिधि सभा बैठकमा एमसिसी टेबुल हुने सम्भावन न्यून देखिएको छ। 

प्रकाशित मिति: ११:२८ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्