एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि अवरोध जारी राख्ने
काठमाडौं, फागुन ४ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधि सभा बैठकमा अवरोध जारी राख्ने भएको छ।संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले...
काठमाडौं, फागुन ४ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधि सभा बैठकमा अवरोध जारी राख्ने भएको छ।
संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आजको प्रतिनिधि सभामा पनि एमालेले अवरोध जारी राख्ने बताएका हुन्।
एमालेले १४ सांसदमाथि गरेको कारवाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको भन्दै लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ। सभामुखले पदीय मर्यादा र संसदीय मर्यादा कायम नगरेको एमालेको आरोप छ।
सभामुख सापकोटाले १४ सांसदविरुद्ध कारवाही नगरेको भन्दै एमालेले सर्वोच्चमा दायर गरेको रिट विचाराधिन अवस्थामा छ ।
एमालेलाई सहमतिमा ल्याउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएपनि एमाले भने अनुपस्थित हुने बताइसकेको छ।
प्रकाशित मिति: ११:११ बजे, बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











