Kathmandu Press

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने

काठमाडौं, फागुन ४ : सभामखु अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेले बहिस्कार गर्ने भएको छ। बुधबार बिहान साढे ११ बजे बोलाइएको कार्यव्यवस्था...
कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने

काठमाडौं, फागुन ४ : सभामखु अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेले बहिस्कार गर्ने भएको छ। बुधबार बिहान साढे ११ बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने भएको हो।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले उठाउँदै आएको विषय सभामुखले सुनुवाई नगरेका कारण उनले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागि हुन र नहुनुको औचित्य नरहने बताएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख सापकोटाले प्रतिनिधि सभा बैठक बस्नुअघि समितिको बैठक बोलाएका थिए। प्रतिनिधि सभामा एमाले अवरोध जारी रहेका कारण अवरोध हटाउनेबारे सहमति गर्न र संसदलाई निर्वाध चल्ने वातावरण बनाउनका लागि बैठक बोलाइएको थियो। 

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै छ। 

प्रकाशित मिति: १०:४८ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्