माओवादी केन्द्रलाई सरकारबाट बाहिरिन भट्टराईको आग्रह
काठमाडौं, फागुन ४ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई सरकारबाट बाहिरिन आग्रह गरेका छन्। माओवादी केन्द्रले अमेरिकी...
काठमाडौं, फागुन ४ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई सरकारबाट बाहिरिन आग्रह गरेका छन्।
माओवादी केन्द्रले अमेरिकी बिकास परियोजना मिलेनियम च्लालेञ्ज कर्पोरेसन (एमसिसी)को विरोध गरेका कारण सरकारमा बस्नुको औचित्य नरहेको भट्टराईले बताएका हुन्।
बुधबार सामाजिक सञ्जालमार्फत डा भट्टराईले एमसिसीको पक्ष र विपक्ष एउटै सरकारमा बस्न नमिल्ने भन्दै सरकारबाट बाहिरिन आग्रह गरेका हुन्।
उनले सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुन नहुने टिप्पणी गरेका छन्। भेडा भेडासँग मिल्न र बाख्रा बाख्रासँग हुनु राम्रो हुने भट्टराईको धारणा छ।
'MCCको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन!सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्राे,' उनले लेखेका छन्।











