Kathmandu Press

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज बिक्री खुल्ला हुँदै

काठमाडौं, फागुन ४: राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।लघुवित्तले ८ करोड ५० लाख...
राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज बिक्री खुल्ला हुँदै

काठमाडौं, फागुन ४: राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।

लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो। कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले साधारण सेयर जारी गर्न लागेको हो।

संस्थाले सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

त्यस्तै, १३ हजार कित्ता संस्थाका कर्मचारीलाई सुरक्षित गदै सात लाख ९४ हजार ५० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको कम्पनीले जनाएको छ।

आईपीओमा छिटोमा यही फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

प्रकाशित मिति: ०७:१४ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्