Kathmandu Press

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं, फागुन ४ : नेकपा (माओवादी केन्द्र) ले पनि आज बिहान संसदीय दलको बैठक बोलाएको छ।माओवादी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल...
माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं, फागुन ४ : नेकपा (माओवादी केन्द्र) ले पनि आज बिहान संसदीय दलको बैठक बोलाएको छ।

माओवादी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज बिहान १० बजे संसदीय दलको बैठक बोलाएका हुन्। यसअघि मंगलबार नेपाली कांग्रेस र सोमबार नेकपा (एमाले) संसदीय दलको बैठक बसेको थियो।

प्रतिनिधिसभाको बैठकअघि माओवादीले संसदीय दलको बैठक बोलाएको हो। आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पेश हुने बताएका छन्। त्यहि विषयमा निर्णय गर्न माओवादीले संसदीय दलको बैठक बोलाएको हो।

प्रकाशित मिति: ०६:४० बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्