Kathmandu Press

विश्वकप छनोटका १४ सदस्यी नेपाली टिमको घोषणा

काठमाडाैं, फागुन ३ : आईसिसी टि-२ विश्वपकको ग्लोबल छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ। प्रशिक्षक पुबुदु दासानायकेले मंगलबार साँझ ग्लोबल छनोटाका लागि...
विश्वकप छनोटका १४ सदस्यी नेपाली टिमको घोषणा

काठमाडाैं, फागुन ३ : आईसिसी टि-२ विश्वपकको ग्लोबल छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ। प्रशिक्षक पुबुदु दासानायकेले मंगलबार साँझ ग्लोबल छनोटाका लागि १४ सदस्यीय टिम घोषणा गरेका हुन्।

प्रशिक्षक दासानायकेले टिममा युवा फास्टबलर गुल्सन झालाई पनि समेटेका छन्। गुल्सन पहिलो पटक टि२० टिममा परेका हुन्।  उनले गत सेप्टेम्बरमा ओमानमै भएको विश्वकप लिग २ सिरिजमा अमेरिकाविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

गुल्सन आजमात्रै नेपाली टिममा समावेश भएका थिए । विश्वकप छनोट खेल्न गुल्सन केही दिनमा मात्र ओमान पुग्ने छन्। करण केसीमा ढाडाको समस्या देखिएपछि उनको स्थानमा क्यानले गुल्सनलाई टिममा राखेको थियो।

यस्तै पहिलो पटक टिममा परेका युवा खेलाडीहरु लोकश बम र विवेक यादवले पनि १४ सदस्यीय टिममा स्थान बनाएका छन् । यता, लामो समयपछि टिममा पुनरागमन गरेका प्रदीप ऐरी, स्पिनर साहब आलम र अलराउन्डर कुशल मल्ला भने वैकल्पिक खेलाडीका रुपमा छन्।

नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ। नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ मा हुनेछ । नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध फेब्रुअरी १९ मा खेल्ने छ भने तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने छ।

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमल सिंह ऐरी, विवेक यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा ।

 

प्रकाशित मिति: २२:२७ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्