Kathmandu Press

सोमालियाका ५० प्रतिशत बालबालिकामा कुपोषणको जटील समस्या : राष्ट्रसंघ

जेनेभा, फागुन ३ : गम्भीर खडेरीका कारण पाँच वर्षमुनिका झण्डै आधा सोमालियाली बालबालिकालाई खाद्यान्न अभावका कारण पोषण तत्व कम हुँदा यो वर्ष उनीहरू...
सोमालियाका ५० प्रतिशत बालबालिकामा कुपोषणको जटील समस्या : राष्ट्रसंघ

जेनेभा, फागुन ३ : गम्भीर खडेरीका कारण पाँच वर्षमुनिका झण्डै आधा सोमालियाली बालबालिकालाई खाद्यान्न अभावका कारण पोषण तत्व कम हुँदा यो वर्ष उनीहरू कुपोषणका कारण प्रभावित बन्ने खतरा देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

लाखौँ बालबालिकाको ज्यान बचाउनका लागि उपचार आवश्यक रहेको भन्दै संयुक्त राष्ट्रसंघले तत्काल कदम चाल्न आह्वान गरेको हो।

संयुक्त राष्ट्र बालकोष (युनिसेफ)को सोमालिया परिचालनका लागि सञ्चार प्रमुख भिक्टर चिन्यामाले भने, 'सोमालियामा कुपोषण संकटस्तरमा पुगेको छ।'

उनले जेनेभामा संवाददाताहरूलाई भिडियो–लिङ्कमार्फत् भने, 'यदि विश्व समुदायले परिस्थिति बिग्रनुअघि वा अनिकाल घोषणा नगरेसम्म पर्खनुभयो भने धेरै ढिलो हुन सक्छ।'

दशकौंदेखि सोमालियाको ‘हर्न अफ अफ्रिका’ क्षेत्रले सबैभन्दा लामो खडेरीसँग जुधिरहेको हुनाले यो क्षेत्रलाई सोमालियाको सबैभन्दा बढी प्रभावित स्थान मानिएको छ। संयुक्त राष्ट्रसंघका
अनुसार सोमालियाली जनसंख्याको एक चौथाइ अर्थात् ४१ लाख नागरिकहरू अहिले नै खाद्य सहायताको भरमा रहेका छन्।

भोकमरीको संकटमा बालबालिकाले सबैभन्दा बढी मूल्य चुकाइरहेका छन्। तीमध्ये १४ लाख अर्थात् पाँच वर्षमुनिका सन्ततिहरूमध्ये झन्डै आधाले वर्षको अन्तसम्ममा तीव्र कुपोषणबाट पीडित हुने खतरा देखिएको चिन्यामाले बताए।

उनले भने, 'यीमध्ये तीन लाख ३० हजारभन्दा बढी बालबालिकालाई गम्भीर कुपोषणको कारण उपचारको खाँचो पर्नेछ।'

ती बालबालिकाको उपचारका लागि आवश्यक पर्ने उपचारात्मक खानेकुरा खरिद गर्न मार्चसम्ममा तत्काल ७० लाख अमेरिकी डलर आवश्यक पर्ने युनिसेफले अनुमान गरेको उनले बताए।

थप सामग्री विना ‘गम्भीर कुपोषण भएका एक लाख केटाकेटीले उपचार गुमाउनेछन् जसका कारण उनीहरूको मृत्यु टार्न कठीन हुनेछ।

प्रकाशित मिति: २०:१४ बजे, मंगलबार, फागुन ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्